Sunday, April 10, 2011

मानसिक तनाव Tension

मानसिक तनाव Tension

हामी मानव स्वभावलेनै अनेक इच्छा आकाक्षा राख्ने खालका हुन्छौ । यस संसारमा हामी मानव बाच्नका लागि अनेक थरिका क्रियाकलापमा संलग्न हुन पर्ने हुन्छ । धेरै थरिका व्यक्तिहरु संग भेटघाट तथा मित्रता कायम गर्नुपर्ने हुन्छ । कतिपय व्यक्तिहरु संग तथा झन यति नजिकको सम्बन्ध कायम भएर जान्छ । कति व्यक्तिहरु संग क्षणिककोमात्र आवश्यकता हुने गर्दछ । यस्तै क्रममा सबै जना संग बाट आफुले चाहेको जस्तो हुन्छ भन्ने हुदैन । कतिपय नचाहेको कुराहरुको समस्याको हल पनि हामी सहजै गर्न सक्दछौ कतिपयको हल गर्न हामीलाई गाह्रो परिरहेको हुन्छ । हामीलाई दिमागमा त्यहि कुराले सताइरहेका हुन्छ । कति गर्दा पनि त्यस कुराको चिन्ताले हामीलाई छोडेको हुदैन । कतिपय मानसिक तनावले त हामीलाई वर्षौ सम्म पनि सताइरहन सक्दछ । 

मानसिक तनावको मुख्य कारणहरु
जव हाम्रो मनको दुई बिभिन्न प्रकारका इच्छा, आवेग या प्रवृत्तिहरु परस्पर विरोधी दिशामा तानिन्छन तव अन्तरद्वन्द तथा मानसिक तनाव उत्पनन हुन्छ । मानसिक तनाव बढ्नुको कारणहरुमा हामीले जे कुरा चाहन्छौ त्यो कुरा प्राप्त नहुनु , मानसिक डर, चिन्ता, रिस, सामाजिक तथा आर्थिक समस्या, लामो समयसम्म पनि कुनै समस्याको हल नहुनु , व्यक्तिगत सम्झौता गर्न नसक्नु , दैनिक कामको बोझ आदि कुराहरुले गर्दा मानसिक तनाव उत्पन्न गराउन सक्दछ । 

बेफाइदाहरु
मानसिक तनाव बढ्नाले अनेक प्रकारका शारिरिक तथा मानसिक रोगहरु हामीलाई उत्पन्न हुने गर्दछ । ब्लडप्रेसर, मुटुरोग, डायबिटिज, अल्सल, टाउको दुख्ने, डिप्रेसन तथा अन्य मस्तिस्कलाई हामी पु¥याउने खालको रोगहरु हामीलाई लाग्न सक्दछ ।

समाधान
साथिभाइ तथा परिवारको सदस्य संग खुव मन खोलेर हास्ने ।
जुनकाममा आफुलाई रुचि छ त्यसै काममा आफु संलग्न हुने ।
आफु कमजोर तथा केही गर्न नसक्ने अयोग्य सम्झेर चिन्तीत नुहुने ।
आफ्ने भावनामा नियन्त्रण राख्न सिक्ने ।
नियमित व्यायाम गर्ने बानि बसाल्ने ।
नया ठाउहरुको भ्रमण गर्ने ।
आफुने मान्ने इश्वरलाई सम्झेर प्राथना गर्ने ।
मनोरञ्जनको लागि समय निकाल्ने ।
कुनै कुराको लागि लामो समय सम्म चिन्ता नगर्ने ।
धेरै मानसिक तनाव हुने गरि लामो समय सम्म काममा व्यस्त नहुने ।

No comments:

Post a Comment

Popular Posts