Sunday, December 18, 2011

जैविक हरियो चिया


नेपाली जैविक हरियो चिया, आर्थीक क्रान्तिको सम्भावना ।


नेपाल विश्वको मानचित्रमा एक भूपरीबेष्ठिट मुलुक हो । आफ्नै मौलिकता,पर्यावरणीय žआर्कषण,प्राकृतिक मनोरम, विश्वको अग्ला हिम शिखरहरु र नदी नालाहरुले भरिएको देश, संसारको छानो सगरमाथाको देश, शान्तिको अग्रदुत गौतम बुद्धको जन्मथलो तपोभुमि नेपाल । विश्वको ०.००३% र एसियाको ०।०३% भुभाग ओगटेको नेपाल जैविक विविधताको हिसावले निकै उल्लेख्नीय र वैवहवशाली मानिन्छ । कुल भुभागको १२.५% ओगटेको नेपालमा ७५० थरी भन्दा बढी जडीबुटी पाइन्छ, जुन सम्पूर्ण यूरोप र अफ्रिकाको भन्दा बढी हो । तर विडम्वना जैविक विविधतामा यती सम्पन्नशाली भएर पनि यसको पहिचान, सम्वर्धन र प्रबर्धन गर्न नसक्दा वजार नपाएर खेर गएका ति जडिबुटीहरु विश्व वजारको अत्याधिक मागको कारण चोरी निकाशी दिन प्रतिदिन बढीरहेको छ।


आज विश्वमा विकसित मानिएको राष्ट्रहरु चाहे प्रविधीको विकास गर्ने अमेरीकि मुलुक हुन्, या चाहे पेट्रोलियम पदार्थको व्यापार गर्ने खाडी मुलुक, वा पर्यटनको व्यापारबाट आर्थिक सम्वृद्री प्राप्त गर्ने थाईल्यान्ड र स्वीजरल्यान्ड लगायतका मुलुकहरु नै किन नहुन देशको प्राकृतिक सम्पदा, स्थानिय स्रोत र साधनको सदुपयोगबाट नै भएको हो ।


विश्वको सामरीक महत्व बोकेको आर्थीक सम्वाहक शक्तिशाली देशहरु भारत र चिनको विचमा रहेर पनि लामो समय देखी समृद्ध बन्नुको सट्टा आर्थीक स्वावलम्बी बन्नको लागि प्रयासरत छ । नेपालका लाखौ पौरखी हातहरु बेरोजगार भई एत्रतत्र भौतारीरहेका छन् । दलालको फन्दामा परेर विदेशी भुमीमा अलपत्र मात्र हैन धेरै जनाको ज्यान पनि गुमाई सकेका छन् । कयौ नेपालीहरुले जिवन बचाईदिनको निम्ती आग्रह गरिरहेको छन् । काम पाएर पनि श्रमको मूल्य नपाएर स्वदेश फर्कन सकिरहेका छैनन्।
अर्को तर्फ भैतिक दुनियाँमा प्रविधिको विकासको नाममा प्राकृतीक जिवनवाट टाढीदै छ, दिनप्रतिदिन जंक फुड, फास्टफुड र रसायनयुक्त खाद्य पदार्थको प्रभावले स्वास्थ्य प्रतिकुल बन्दै छ। व्यस्तताको कारण, वाध्यताको कारण वा सौखको कारण यस्ता खाद्य पदार्थको प्रयोगबाट आएको
स्वास्थ्य गिरावटको कारण आज विश्व चिन्तीत छ । यसको प्रतक्ष्य प्रभाव नेपालमा पनि परेको छ। जसको परिणाम नेपालमा २० वर्ष मुनीका विद्यार्थीहरुमा गरीएको परिक्षण अनुसार १०% मा मधुमेहको लक्षण देखीएको छ । ३५% भन्दा बढी मानिसहरु मुटुको विभिन्न रोगबाट पिडित छन् (विश्व मुटु महासंघको अनुसार विश्वमा १७ मिलियन मानिसहरु मुटुरोगको कारण वर्षेनी मर्ने गर्दछन्)। मृगौला र क्यान्सर रोग लगायत मौसम अनुसार हुने विभिन्न रोगका शिकार बनेका नेपालीहरुको स्वास्थ्य स्थिती हेर्दा चिन्तीत मात्र हैन जागरुक हुने समय आएको छ । यी र यस्ता तथ्यहरुलाई मनन गर्दै नेपाली जडीबुटीहरुको विश्व बजारमा पुर्याउन आजको आवश्यकता हो भने भोलीको लागि अपरीहार्य हो । ७५० थरी भन्दा बढी जडीबुटीहरुको आ–आफ्नो महत्व भएपनि जडीबुटीका राजा मानिने यार्चागुम्बा र रानी मानिने अश्वगन्धा जस्ता अमूल्य र दुर्लभ
जडीबुटीहरुको उचित बजार व्यवस्थापन नहुँदा राज्यले प्राप्त मात्रामा उपलब्धी हासिल गर्न सकेको छैन । यस्तै बहुमूल्य नेपाली बस्तु मध्ये “जैविक हरियो चिया” पनि एक हो।






के हो जैविक हरियो चिया?
(Camellia Sinensis) प्रजातीको विरुवा हो । भारत र चिन सबैभन्दा पहिले चिया प्रयोगमा ल्याउने देश हुन । कालो चिया र हरीयो चिया एउटै विरुवाबाट तयार भए पनि उत्पादन, प्रशोधन र प्रयोग गर्ने विधिमा फरक हुने भएकोले यी चियामा पाईने गुण र शरीरमा पार्ने प्रभावमा निकै भिन्नता रहेको पाईन्छ। संसारमा सबैभन्दा बढी ग्रीन टी को प्रयोग गर्ने
देशहरु जापान र चिन हुन। यी देशको मानिसका स्वास्थ्य स्थिती र औषत आयु हेर्दा संसारमै उच्च रहेको छ। जापानीजहरु संसारमै सबैभन्दा बढी बाच्नुको विभिन्न कारणहरु मध्ये ग्रीन टीको प्रयोग एक प्रमुख कारण भएको तथ्य विभिन्न अनुसन्धानबाट प्रमाणित भैसकेको छ । जापानीज र चिनियाँहरुले परापूर्वकालदेखी हालसम्म पनि ग्रीन टी लाई अमूल्य औषधीको रुपमा प्रयोग गर्ने गरेको पाईन्छ। जैविक हरियो चियामा पाईने प्रमुख तत्वहरु जैविक हरियो चिया प्राकृतिक विधिद्वारा उत्पादन, प्रशोधन र प्रयोग गरिने भएकोले यसमा पाईने प्राकृतिक गुणहरु
यसमा सुरक्षित छन्। ति मध्ये केही प्रमुख तत्वहरु यस प्रकार छन्।
१) एण्टिअक्सिडेन्ट – क्याटेचिन्स, अंयाबोनोल्स
२) भिटामिनहरु – भिटामिन ए (क्यारोटिन), भिटामिन बी१, बी२, भिटामिन
ई, भिटामिन सी
३) खनिज लवनहरु – म्याग्नेसियम, म्याग्नेज, सेलेनियम, पोटासियम, फ्लोराइड
४) कार्बोहाइड्रेट – ग्लाइकोसाइड, पोलिसेकेराइड्स
५) प्रोटिन – थियानिन (एमिने एसिड)
६) अन्य – क्याफिन (२%–३%), थियोफाइलिन
(श्रोत: डायना रोजन, नेचर रिमिड अफ ग्रीन टी तथा ग्रीन टी सम्बन्धी बेभसाइटहरु)



जैविक हरियो चियामा पाईने तत्वहरुले शरीरमा पार्ने प्रभाव

  • हामीले खाएको खानाबाट पाईने पौष्टिक तत्वहरु शरीरमा गएर उपयोग हुने क्रममा शरीरमा विभिन्न रासायनिक प्रकृया हुन्छ । यी प्रकृयाका क्रममा अक्सिजनबाट केही हानिकारक तत्वहरु उत्पादन हुन्छन् । जसलाई फ्री रेडिकल्स भनिन्छ । यी फ्री रेडिकल्सले प्रोटिन, चिल्लो, डि. एन. ए. र कोष झिल्लीलाई नष्ट गर्दछन् । फ्री रेडिकल्सलाई नै क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता घातक रोगहरु साथै बुढोपनको लागि प्रमुख कारक तत्वको रुपमा मानिन्छ । फ्री रेडिकल्सहरु शरीरबाट हटाउन वा यी तत्वबाट शरीरमा हुने हानिबाट बच्ने एक मात्र उपाय खानामा एण्टीअक्सिडेन्टको मात्रा बढाउनु हो हर्बो अर्गानिक ग्रीन टीमा क्याटेचिन्स र भिटामिन सी प्रचुरमात्रामा पाईने भएको कारण यसको नियमित सेवन गर्नाले फ्री रेडिकल्सको कारणले हुने (क्यान्सर, हृदयघात, मधुमेह, उच्च रक्तचाप जस्ता) घातक रोगहरुबाट सजिलै बच्न सकिन्छ । क्याटेचिन्स र भिटामिन सी सुपरिचित एवं शक्तिशाली एण्टिअक्सिडेन्ट हुन ।
  • रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएमा रक्तनली कडा भएर उच्च रक्तचाप, हृदयघात र पक्षघात हुने सम्भावना धेरै हुन्छ । सबै कोलेष्ट्रोल हानीकारक हुदैनन्। LDL कोलेष्ट्रोल हानीकारक हुन्छ भने HDL कोलेष्ट्रोल फाइदाजनक हुन्छ । क्याटेचिन्सले LDL को मात्रा घटाउने र HDL को मात्रा बढाउने कुरा विभिन्न अनुसन्धानहरुले देखाएका छन् । यसकारण ग्रीन टीको प्रयोग गर्नाले हानिकारक LDL को मात्रा घटाएर यसबाट हुने हानीबाट बचाउन सहयोग गर्दछ ।
  • ग्रिन टिमा पाईने ई. जि. सि. जि. तत्व भिटामिन ई भन्दा २५ गुणा बढी प्रभावकारी हुन्छ । त्यसैगरी भिटामिन सि भन्दा १०० गुणा बढी प्रभावकारी हुन्छ भन्ने कुरा विभिन्न अनुसन्धानले देखाएको छ साथ साथै क्याटेचिन्स एण्टिभाइरल भएको कुरा पनि प्रमाणित गरेका छन् । क्याटेचिन्सले भाइरसबाट दुई किसिमले बचाउछ । एक सिधै भाईरसलाई मार्छ वा वृद्धिलाई रोक्छ भने अर्को तर्फ शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीमा बृद्धी गरेर भाईरससँग लड्ने क्षमतामा बृद्धि गर्दछ । ग्रीन टीले कुल्ला गर्दा रुघाखोकी, टन्सिलाइटिस आदिबाट बच्न सकिन्छ ।






  • क्याफिन र थियोफाइलिन


ग्रिन टि मा पाईने अन्य तत्वहरुमा क्याफिन र थियोफाइलिन पनि हो, आम जनमानसमा क्याफिनले शरिरलाई नराम्रो असर गर्छ भन्ने गलन प्रचार प्रसार भईरहेको छ तर त्यो पूर्ण सत्य होईन । केही मात्रामा क्याफिन हाम्रो शरीरको लागि चाहिन्छ । त्यसैले नेपाली अर्गानिक ग्रिन टिमा २ प्रतिशत देखि ३ प्रतिशत मात्र पाईन्छ । जसले श्वासनलिको मांशपेशीलाई फैलाउँछ, जसले गर्दा श्वास लिन सजिलो हुन्छ र फोक्सोको कार्यक्षमता बढ्छ । त्यसैले थियोफाइलिनलाई दमको लागि औषधीको रुपमा पनि प्रयोग गरिन्छ । क्याफिनले इच्छाहिन मांशपेशीको कार्य क्षमतामा बृद्धी गर्ने भएको कारण श्वास फेर्न गाह्रो भएका विरामीलाई फाइदा गर्दछ । क्याफिन र थियोफाइलिनले Mast Cell बाट उत्पादन हुने हिष्टामिन र अन्य तत्वहरु (Mediator) को उत्पादनहरुलाई कम गर्दछ । यहि कारण क्याफिन र थियोफाइलिनले दम र एलर्जी (Allergy) मा फाईदा गर्दछ ।




  • जैविक हरियो चियाका फाईदाहरु


- क्यान्सर रोग लाग्नबाट बचाउँछ ।
- नियमित सेवनले छालाको क्यान्सर हुनवाट बचाउँछ ।
- रगतमा चिनिको मात्रा घटाउँछ ।
- स्मरणशक्ति बढाउँछ ।
- मोटोपन घटाउँछ ।
- मुटु सम्बन्धी सम्पूर्ण रोगहरुलाई नियन्त्रण गर्छ ।
- श्वास गन्हाउने, गिजा, तथा मुखसम्बन्धी अन्य रोगहरुलाई रोकथाम गर्छ ।
- दाँतलाई मजबत बनाउँछ ।
- खानाको विषाक्तपनलाई नियन्त्रण गर्दछ ।
- ग्याष्ट्राइटिस् वा ग्याष्टिक तथा आन्द्राका समस्या अल्सर, अपच,
- कब्जियतलाई हटाउँछ ।
- पाचन प्रणालीलाई सक्रिय बनाउँछ ।
- बुढ्यौलीपन कम गर्दछ ।
- एच. आई. भि. का भाईरसहरुलाई फैलिनबाट रोकी एड्स हुनबाट रोक्छ ।
- उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।
- प्रदुषणबाट हुने विकारयुक्त रसायनलाई निष्प्रभाव पार्न मद्दत पु¥याउँछ ।

No comments:

Post a Comment

Popular Posts