Friday, April 1, 2011

नेपाली उपन्यासका बहुआयामिक पक्षहरु

नेपाली उपन्यासका बहुआयामिक पक्षहरु

सत्रौं अठारौं शताब्दीमा यूरोपमा पूँजीवादी व्यवस्थाको उदयको साथै त्यतिबेलाको मानवीय चरित्रमा हुने परिवर्तनको अध्ययनको लागि उपन्यास लेखनको पनि विकास हुँदै आयो । त्यसैले उपन्यास लेखनलाई पू्जीवादी युगको उपज भनेर मानिएको छ ।

              • बिष्णु देवकोटा 
नेपाली साहित्य लेखन इतिहासको कुन समयमा बढी फलदायी देखिन आएको छ भनी साहित्यिक क्षेत्रका कतिपय लेखकहरु लेखाजोखा गर्नमा छन् । तर साहित्य लेखनको कुन विधाको उपलब्धिलाई अगाडि राखेर लेखाजोखा गर्ने हो त्यसको पनि यहाँ निर्धारण हुन आवश्यक छ । अङ्ग्रेजी साहित्यका बीसौं शताब्दीका प्रसिद्ध समालोचक इ।एम। फोस्टर लेख्छन् साहित्य लेखन मानवजीवनसँग सम्बन्ध राख्ने भएकाले उपन्यासले मात्र मान्छेको बहुपक्षीय चरित्रलाई अध्ययन गर्नसक्छ । उनी यो पनि भन्छन् कविताको क्षेत्रमा गुणात्मक र सङ्ख्याको दृष्टिले पनि अङ्ग्रेजी कविता विश्वमा अरु देशमा लेखिएका कविताभन्दा अगाडि छ । तर जब उपन्यास लेखनको कुरा आउँछ रुस सबैको अगाडि छ भन्ने उनको भनाई छ । सत्रौं अठारौं शताब्दीमा यूरोपमा पूँजीवादी व्यवस्थाको उदयको साथै त्यतिबेलाको मानवीय चरित्रमा हुने परिवर्तनको अध्ययनको लागि उपन्यास लेखनको पनि विकास हुँदै आयो । त्यसैले उपन्यास लेखनलाई पू्जीवादी युगको उपज भनेर मानिएको छ । नेपाली कविता लेखनले पनि धेरै ठूलो उच्चता प्राप्त गरिसकेको छ । यसमा नेपाली साहित्यले गौरव गर्न सक्छ । कवितामा धेरै जादूयिक आकर्षण रहने गरे पनि मानव उद्वेग र भावनालाई सङ्क्षिप्त शब्दहरुमा समेटेको हुन्छ ।
मानवजीवनको पूर्णाङ्क चरित्र र समवेदनालाई उपन्यासले मात्र एकमुष्टमा अध्ययन गर्न सम्भव भएकाले उपन्यासलाई आधुनिक महाकाव्य भनेर नामाकरण गरिएको छ । त्यसैले नेपाली जीवनलाई लिएर लेखिएका नेपाली उपन्यासहरुलाई बराबर अध्ययन गर्न आवश्यक छ । विकासशील देशहरुमा साहित्यिक लेखनलाई सांस्कृतिक जागरणको अभियानको रुपमा पनि हेर्ने गरिदैछ । अठारौं शताब्दीको मध्यान्तरतिरबाट यूरोपमा मान्छेको जीवनशैलीमा आउन सुरु गरेको परिवर्तनका व्यवहारलाई अध्ययन गर्ने प्रयासमा शुरु भएको उपन्यास लेखन एशियाका अरु देशहरुको सरह नेपालमा पनि ढिलै गरेर भए पनि साहित्य लेखनमा प्रभाव पर्न सुरु गर्यो । पौराणिक कथामा आधारित लेखनबाट पृथक भएर सम्बत् ९० सालदेखि घरपरिवारका एकाङ्गी सुखदुःखका कुरा अथवा लोग्नेको पाउने र नपाउने सौताहरुको आपसी कलह टिप्नमै सीमित रहेको नेपाली साहित्य लेखन अब मानव जीवनलाई सामाजिक सम्बन्ध भित्र राखेर लेख्न सुरु भएको छ । विगत चारदशकयता धेरै उपन्यासहरु नेपालमा लेखिएका छन् । यी उपन्यासहरु हाम्रो सांस्कृतिक जागरण अथवा सामाजिक चिन्तनसँग पनि सम्बन्ध राख्ने भएकाले यस क्षेत्रमा यी कतिसम्म सफल रहेका छन् भन्ने सबैको लागि चासोको कुरा बनेको छ ।
ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितले नेपालको तराईका ग्रामीण जीवनले भोग्दै गरेको गरिबी दरिद्रता र ठूलाबडाको उत्पीडनको एउटा जिउँदो चित्रण उपस्थित गरेको छ । यसले नेपाली पाठकबीच व्यापक प्रचार पाउन सकेको भने छैन ।
नेपालमा राष्टिय चिन्तनलाई लिई उत्कृष्ट उपन्यास नलेखिएको भए पनि सामाजिक जीवनको बहुपक्षीय चरित्रलाई देखाउने गरेर उपन्यास लेख्ने प्रयास हुँदै आएको छ । ती उपन्यासहरुको धेरैपल्ट मूल्याङ्कन भैसकेको छ ।
नेपाली समाजको विकासको बाटोमा देखापर्ने बहुआयामिक चरित्र र अन्तरविरोधहरुलाई सूक्ष्मरुपले अध्ययन गरिएका उपन्यासहरु लेखिन बाँकी नै छ । भारतीय ग्रामीण जीवनको विकासको बाटोमा उत्पन्न विकृति र गतिरोधहरुलाई उद्घाटित गर्न सफल तथा भारतीय पाठकबीच लोकपि्रय रहेको फणिश्वर रेणुको उपन्यास मैला आँचल सँग यहाँ तुलना गर्न चाहेको होइन । तर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितले नेपालको तराईका ग्रामीण जीवनले भोग्दै गरेको गरिबी दरिद्रता र ठूलाबडाको उत्पीडनको एउटा जिउँदो चित्रण उपस्थित गरेको छ । यसले नेपाली पाठकबीच व्यापक प्रचार पाउन सकेको भने छैन ।
यस्तै आचलिक जीवनलाई लिइ लेखिएको अविरल बग्दैछ इन्द्रावती भन्ने रमेश विकलको उपन्यास गाउँमा रहेको गरीबी माथिको अध्ययनमा केन्द्रित रहेको छ । यी दुईमा फरक यति छ कि रमेश विकलको उपन्यास अविरल बग्दैछ इन्द्रावती गाउँमा स्थापित परम्परागत सामन्तीको उत्पीडनको विरुद्धमा त्यहाँका नवजागृत हुँदै आएका युवाकहरुको नेतृत्वमा संगठित गाउँवासीहरु विद्रोहमा हुन्छन् भने ध्रुवचन्द्रको अलिखितमा गरीवी भित्रका उत्पीडित गाउँवासीको दर्दनायक चित्रण उपस्थित छ । खगेन्द्र संग्रौलाद्वारा लिखित जूनकिरीको गीतु पनि गाउँले जीवनमा आधारित उपन्यास हो । गाउँमा छरिएर बसोबास गर्दै आएका दलित समुदायमाथि माथिल्लो जातका समुदायबाट गरिएको उत्पीडन र दलितहरुको उत्थानमा संलग्न केही व्यक्तिहरुको प्रयासलाई देखाइएको छ । तर यी व्यक्तिहरु आफैमा अतिरिजत र अस्वाभाविक देखिन आएका छन् ।
नेपालको राष्टिय जीवन र त्यसको बहुआयामिक चरित्रलाई अध्ययन गर्ने प्रयासका केही उपन्यासहरु प्रकाशमा आएका छन् । मदनमणि दीक्षितको त्रिदेवी ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटक र अग्निदत्त तथा डीपी अधिकारीको युगान्तकारी प्रमुख रुपमा छन् ।
केही समय पहिले प्रकाशित माजुश्री थापाको द ट्यूटर अफ हिस्टूी पनि ग्रामीण जीवनकै सेरोफेरोका घटनालाई बटुल्नमा केन्द्रित रहेको छ । यो उपन्यासले पनि आफ्नो अध्ययनको क्षेत्र नेपालको एउटा गाउँलाई बनाएको छ । त्यहाँ बसोबास गर्ने मान्छेहरुको दैनिक गतिविधिमै यो उपन्यास सीमित रहेको छ । तर यसले प्रस्तुत गरेका पात्रहरुमा प्रमुख मानिएको लगायत कसैका पनि चरित्र पूर्णरुपले उद्घाटित हुन सकेको छैन । पात्रहरु प्रसस्त उभ्याइएका छन् तर तिनीहरुमा कसैको पनि कार्यशैली र चरित्र समेत राम्रोसँग प्रष्टिन सकेको छैन ।
यसले गर्दा उपन्यासले नेपाली जीवनको कुन पक्षलाई ऊजागर गर्न चाहेको भन्ने देखापर्दैन । नेपालमा सम्पन्न हुने आवधिक चुनावकेा समयमा पार्टी व्यक्तिहरुबाट पहाडी क्षेत्रमा जनताबीच गरिने जनसम्पर्क र दौडवाजीकेा सानो परिदृश्यलाई उपस्थित गराइएको छ । तर नेपालका पहाडी क्षेत्रमा हुने गरेका चुनाव गतिविधिका तौरतरिका र परिणामको सम्बन्धमा पनि केन्द्रित रहन सकेको छैन । यस्तै पूर्णरुपले अध्ययनमा आउन नसकेको रनमाया भन्ने अर्को एउटा उपन्यास प्रकाशमा आएको छ ।
इन्दिरा प्रसाईद्वारा लिखित यो उपन्यास भुटानमा पुस्तौदेखि बसोबास गर्दै आएका त्यहाँको नागरिकता प्राप्त गरेका नेपाली मूलका मानिसहरुलाई एकाएक भुटानी भूमिबाट विस्थापित गराएर देशबाहिर लखेट्ने गरेको व्यवहारलाई देखाउँछ । कथाको प्रारम्भ हुन्छ भुटानको कुनै भूभागमा नेपाली मूलका एउटा परिवार तीनपुस्ता पहिलेदेिख नेपालबाट आएर त्यहाँ बसोबास गरेको वर्णन छ । तीन पुस्तासम्म पुग्दा त्यो परिवार फैलिएर सन्तान दरसन्तान बनेर त्यहाँ खेतीबारी लगायत अन्य कारोवार र पेशामा पनि संलग्न रहेको देखापर्छ । तर पुस्तकको आधाआधीसम्म पुग्दा पनि त्यो नेपाली परिवार त्यहाँका आदिवासी भुटानीहरुसँगको लामो समयसम्मको आपसी सहवासमा स्वाभाविक रुपले एउटाको अर्कोमा पर्दै आएको सांस्कृकि तथा अरु व्यवहार अथवा विरोधाभासका कार्यकलापको दृश्यहरु पनि देखाइन्नन् । पढ्दा लाग्छ नेपालीहरुकै सेरोफेरोले मात्र बनेको त्यहाँको समाज छ ।
अहिलेका उपन्यासहरुमा कलात्मक सौन्दर्यताको कमी रहेको पनि टिप्पणी गरेका छन् । वस्तुतः साहित्यिक सौन्दर्यता भन्नु साहित्यिक सिर्जना भन्दा छुट्टै स्वतन्त्र अस्तित्वको कुनै कुरा छैन ।
पुस्तकको आधाआधीमा पुगेपछि एकाएक भुटानीहरु लाठी मुङ्ग्रो बोकेर नेपाली मूलका बासिन्दाहरुलाई खेद्न लागेको दृश्य देखापर्छ । यो एकदमै बनावटी रुपले तैयार गर्न खोजेको एउटा खेलजस्तो मात्र देखापर्छ । लेखकको आफ्नो प्रत्यक्ष अनुभवको अभावमा भनेसुनेका घटनाहरुको जोडजाडले एउटा जिम्दो चित्रण बन्न सक्तैनभन्ने कुराको यो एउटा उदाहरण हो ।
नेपालको राष्टिय जीवन र त्यसको बहुआयामिक चरित्रलाई अध्ययन गर्ने प्रयासका केही उपन्यासहरु प्रकाशमा आएका छन् । मदनमणि दीक्षितको त्रिदेवी ध्रुवचन्द्र गौतमको कट्टेल सरको चोटपटक र अग्निदत्त तथा डी।पी। अधिकारीको युगान्तकारी प्रमुख रुपमा छन् । यी उपन्यासहरु हाम्रो राष्टिय जीवनमा रहेको विरोधात्मक चरित्रको साथै यसमा उत्पन्न गतिशील स्वरुपलाई अध्ययन गर्नमा कतिसम्म सफल रहे अथवा असफल रहे भन्नेमा धेरै पक्षबाट धेरैपल्ट टिकाटिप्पणी भैसकेका छन् ।
केहीले अहिलेका उपन्यासहरुमा कलात्मक सौन्दर्यताको कमी रहेको पनि टिप्पणी गरेका छन् । वस्तुतः साहित्यिक सौन्दर्यता भन्नु साहित्यिक सिर्जना भन्दा छुट्टै स्वतन्त्र अस्तित्वको कुनै कुरा छैन । समाजभित्रको मानवीय व्यवहार तथा आपसी सम्बन्धको साथै उसका अन्य चत्रिरहरुलाई सूक्ष्मरुपले ऊजागर गर्ने लेखन शैलीसँगको कुरा मात्र छ यो । किनभने उपन्यास लेखन कुनै निश्चित परिभाषाबाट शुरु भएको भन्दा पनि इतिहासको विशेष अवस्थामा उत्पन्न हुदो सामाजिक सम्बन्धको जटिलतालाई ऊजागर गर्ने प्रयासमा उपन्यास लेखनको प्रारम्भ भएको छ ।
विश्वमा सर्वोत्कृष्ट मानिएको टल्सटायको उपन्यास युद्ध र शान्तिलाई लेखक आफैले पनि यो ऐतिहासिक घटनाहरुको विवरण हो भनेका छन् तर सबैले त्यसलाई उपन्यासकै नाम दिएका छन् । टल्सटायको युद्ध र शान्ति ऐतिहासिक घटनाहरुको विवरणको रुपमा रहेको भए पनि उनले यो लेखनमा त्यतिबेला यूरोपमा उत्पन्न हुँदो सामाजिक विकासका नयाँ विचार र चिन्तनलाई पनि यसरी आवद्ध गराउन सकेकोले संसारले यसलाई एउटा महान् उपन्यासको सम्मान दिने गर्दै आए । यस्तै ऐतिहासिक घटनालाई लिई लेखिएको एउटा नेपाली उपन्यासलाई यहाँ अध्ययनमा लिइएको छ । डायमन शमशेर राणा ऐतिहासिक उपन्यास लेखनमा निकै अगाडि देखा परेका छन् । उनको वसन्ती उपन्यास पाठकबीच ऐलेधेरै प्रचारमा आएको छ । वस्तुतः वर्तमान सदैव भूतबाट प्रभावित गरेर कतिपय कुरामा मार्गदर्शन पिन गराइरहेको हुन्छ ।
डायमन शमशेरको वसन्ती उपन्यास त्यतिबेलाको दरबारभित्रको राजनीति र बाहिरका शक्ति राष्टूहरुको नेपालप्रति कस्तो नीति र व्यवहार रहेको थियो भन्ने आजका पाठकलाई निश्चय पनि आकर्षित गर्ने कुरा छ । किनभने ई।सं। १८४६ मा काठमाडौंमा श्रृजित कोतहत्याका प्रमुख नायक तथा अङ्ग्रेजी साम्राज्यवादको आव्हानमा सैनिक शक्तिबाट कुल्चेर भारतीय उपमहाद्वीपमा अङ्ग्रेजी साम्राज्यवादलाई स्थापना गराउनमा प्रमुख भूमिका निभाउने जङ्गबहादुरजस्ता पात्रलाई समाहित गरी तैयार गरिएको ुवसन्तीु उपन्यासले जङ्गबहादुरको व्यवहार पनि निश्चय नै प्रतिबिम्बित हुनुपर्ने कुरा छ । किनभने भारतीय उपमहाद्वीप लगायत नेपाल समेत दक्षिण एशियाका स्वतन्त्र अस्तित्वमा रहेका राष्टूहरु त्यसपछि साम्राज्यवादी शक्ति अङ्ग्रेजको आक्रमणकारी तथा औपनिवेशिक दासत्वको प्रभावमा पुर्याइन्छ । डम्बरेकी स्वास्नी वसन्तीसँग गलत किसिमले उल्झन पुगेका सैनिक उच्च ओहोदाका गगन िसंह जङ्गबहादुर तथा कान्छी महारानी लक्ष्मीदेवी शाह समेत उपन्यासका प्रमुख पात्र बन्न पुगेपछि उनीहरुको तत्कालीन व्यवहारले राष्टिय राजनीतिमा पारेका प्रभावलाई पृथक राखेर वसन्ती र गगनिसंह बीचको प्रेममिलन र विरहका दृश्यहरुलाई मात्र बटुल्नुले वसन्ती उपन्यासले के ऐतिहासिक घटनाहरुलाई पूर्णरुपले प्रतिनिधित्व गरेको छ र तत्कालीन राजा राजेन्द्र विक्रम शाहकी कान्छी महारानीको आफ्नो छोरो रणेन्द्र शाहलाई राजगद्दीमा पुर्याउने महत्वाकाङ्क्षाबाट सैनिक ओहोदामा प्रोत्साहन पाएका जङ्गबहादुर कोतहत्या मचाएर अङ्ग्रेजी साम्राज्यवाद विरोधी भारतीय जनविद्रोहलाई पनि दवाएर अङ्ग्रेजको शरणमा पुग्छन् ।
उपन्यासले जङ्गबहादुरलाई गगन िसंहको समर्थकमा देखाएको छ । तर त्यतिबेला अङ्ग्रेजको आवासीय प्रतिनिधिको रुपमा काठमाडौंमा रहेका हड्सनले भने दिल्ली सरकारलाई लेख्ने गरेको चिठीमा जङ्गबहादुरलाई महत्वाकाङ्क्षी र गगनिसंहको विरोधी भनेर उल्लेख गरेको पाइन्छ । लेखक राजेश्वर देवकोटा भने उपन्यास लेखनमा पाठकलाई अर्को नयाँ विषयवस्तुतिर आकर्षित गर्दैछन् ।
उनको नयाँ लेखिएको डबली भन्ने उपन्यास मानव जातिले परापूर्वकालदेखि आत्मसात गर्दै आएको धार्मिक विश्वासलाई बितेका दुई सहस्राब्दीभित्र मानवजाति माथि लादिएको धार्मिक दासत्व हो भन्ने कुरा दर्गैछन् । अब शुरु हुन गइरहेको तेस्रो सहस्राब्दीलाई धार्मिक दासत्वबाट मुक्त गराएर सौन्दर्यता र सत्यताप्रति मानवजातिलाई आकर्षित गर्ने आग्रहमा उपन्यासका पात्रहरु बोल्ने गरेका छन् ।
यो उपन्यास पात्रहरुको चारित्रिक व्यवहारको अध्ययनमा भन्दा धार्मिक दर्शनको विवेचनाप्रति बढी केन्द्रित रहेको छ । सत्य र सौन्दर्यता भन्ने पनि एउटा एकाकार स्वरुप होइन । मनुष्यले इश्वरीय शक्तिको अस्तित्वलाई स्वीकारे धार्मिक विश्वासलाई अनेकौं प्रकारले व्याख्या गरेसमान सत्य र सौन्दर्यलाई पनि खास एउटा स्थिर रुपमा नलिई मनुष्यको प्रकृतिसँगको निरन्तरको सङ्घर्षको सँगै बदलिदै आउने गरेको समझ र धारणा मात्र छ ।
इतिहास विभिन्न समयमा धार्मिक प्रचारमा हुने गरेका विरोधात्मक व्यवहार जनमानसबीच कतिपल्ट उत्पीडनकारी रहेका भए पनि मान्छे कुनै एउटा धार्मिक विश्वासमा बोल्ने गर्दै आएकोले यसलाई आआफ्नो प्रकारले सम्झेर व्याख्या गर्ने पनि गर्दै आएका छन् ।
आफ्नै सूचना : आइतवारे साहित्यमा सहभागि हुन डब्लु डब्लु डब्लु डट dekotabishnu डट ब्लगस्पोट डट कम  कोढोका खुल्ला छ है । साहित्य रचनाकारहरुले आफ्नो तस्विर र छोटो परिचय पठाउनुभए अझ उत्तम हुनेछ ।

No comments:

Post a Comment

Popular Posts