Sunday, April 10, 2011

पागलपन


पागलपन

कुनै पनि व्यक्तिको मानसिक सन्तुलन धेरै बिग्रेको खण्डमा व्याक्ती पागल हुन्छ अथवा बौलाहा हुन्छ। व्याक्तीको यस्तो अवस्थालाई पागलपन भनिन्छ। पागलपन मानसिक रोगबाट हुने एक खतरा हो। पागल व्याक्तिले असामाजिक र अनैतिक जस्ता कामहरु गर्छ। जस्तै:- चिल्लाउने, बेमतलब झगडा गर्ने, घर छोडेर जंगलमा बस्न जाने इत्यादी धेरै उल्टा कामहरु गर्ने व्याक्तीलाई पागल भनिन्छ।

व्यक्तिलाई पागल बनाउने विभिन्न कारणहरु
कुनै पागल व्याक्ती मानसिक कारण अथवा आफ्नो व्याक्तिगत जिवनका कारणले पागल हुन सक्छ। प्रेम विछोड, अकस्मात प्रियजनको मरण, ठुलो असफलता, अपमान, भय, आदी घटनाहरुलाई सहन गर्न नसकेर अर्थात आफ्नो मन मस्तिष्कलाई वसमा गर्न नसकेर धेरै व्याक्तिहरु पागल भएको हाम्रो समाजमा धेरै जस्तो सुनिन्छ । कुनै व्यक्ति वंशाणु गत हिसाबले पनि पागल हुन सक्छ । चरस, गाँजा, अफिम, रक्शी, जाँड आदी लागु पदार्थको अधिक सेवनले पनि व्याक्तिको मानसिक संतुलन बिग्रन सक्छ जसले गर्दा व्याक्ती अर्ध पागल अथवा पुर्ण पागल हुन सक्छ ।
शारिक तथा स्वास्थ्यको कारणले गर्दा व्याक्ती पागलपनको सिकार बन्न सक्छ। जस्तै:- लामो समय सम्म बिमारी भएर स्मरण शक्ति हराउनु, टाउकोमा ठुलो चोट लागेर अथवा टाउको सम्बन्धी रोगका कारण आफ्नो वास्तविक अवस्थालाई भुलेर पागल हुनु। आदी कारणहरु व्याक्तीको स्वास्थ्यले व्याक्तिलाई पागलपनको सिकार बनाउन सक्छन् ।
कति पय व्यक्तिहरु उमेरको परिवर्तन सँगै हुने मानसिक परिवर्तनलाई कन्ट्रोल गर्न नसकेर पागलपनको सिकार बन्छन्। मानिसको उमेरसँगै मानसिक परिवर्तन पनि भइरहन्छ। जस्तै:- बाल्य अवस्था, युवा अवस्था र वृद्धा अवस्थामा अवस्था अनुसार व्याक्तीको मानसिक स्थिती फरक फरक हुन्छ अथवा परिवर्तन भै रहन्छ। यदी व्याक्तिको मानसिक परिवर्तनमा व्यक्तिले वस गर्न नसकेर व्यक्ति पागल हुनसक्छ ।


पागलपनको समाधान
पागलपनको उपचारको लागी चिकित्सको सल्लाह अनुसार उसलाई कुन कुराको मानसिक समस्याले गर्दा पागलपन बढिरहेको हो त्यस कुरामा विषेश सतर्क भएर व्यवहार गनृूपर्दछ । मानसिक रुपमा यस्ता अस्वस्त व्यक्तिहरुलाई मुख्यतय सामाजिक तथा पारिवारिक रुपमानै दुव्र्यवहार गर्नु हुदैन उ पनि हाम्रै सदस्य ठानेर व्यवहार गर्नुपर्दछ । साथीभाइ छरछिमेकले राम्रो व्यवहार गरेको खण्डमा उसको मानसिक समस्या समाधान हुन सक्छन । उसलाई हासोको पात्र बनाइनु हुदैन ।

No comments:

Post a Comment

Popular Posts