Monday, May 2, 2011

बिन लादेन त मारिए, अब के ?

कसको मृत्यु कसैका लागि खुसीको खबर हुनसक्छ? 
मानवीय हिसाबले हेर्ने हो भने नहुन सक्छ। तर आज अमेरिका राति अबेरसम्म एक जनाको मृत्युको खुसी मनाइरहेको छ।
१० वर्षअघि सेप्टेम्बर ११ मा निर्दोष अमेरिकीहरु मारिँदा अट्टहासपूर्ण हाँसोका साथ ती व्यक्ति र उनका साथीहरुले ठीक त्यस्तै खुसी मनाएको दृश्यको भिडियो हामीले देख्न पाएका थियौँ।
मृत्युको खुसी मनाउनेहरुको यो चक्र बिन लादेनको मृत्युसँगै टुंगियोस्- हामीले चाहने यस्तै हो। तर के यस्तो संभव होला ?


आफूले घोषणा गरेको आतंकवादविरुद्धको युद्धको १० वर्षपछि अमेरिकाले आज ठूलो सफलता पाएको छ। आफ्नो प्रमुख शत्रु अल कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई मार्न सफल हुनु नै अमेरिकाको सफलता हो।
तर यो सफलता पाउन अमेरिकाले ठूलै मूल्य चुकाउनु परेको छ। आतंकवादीहरुमाथिको आक्रमणका क्रममा धेरै अफगानिस्तान, पाकिस्तान र इराकमा धेरै निर्दोष साँढेको जुधाइ बाच्छाको मिचाइ हुन पुगे। ह्युमन राइट वाचका प्रवक्ताले लादेनको मृत्युको खबरसँगै दिएको प्रतिक्रियामा जस्तो ‘अब लादेनले सेप्टेम्बर ११ को जस्तो आक्रमण कहिले गर्न सक्ने छैनन्, उनको मृत्युले आतंकवादविरोधी युद्धको नाममा मानवअधिकार दुरुपयोगकको डरलाग्दो खण्डको पनि अन्त्य हुनेछ’ भन्ने आशा गर्न सकिन्छ।
तर त्यसो नहुन पनि सक्छ। यो ब्लग लेखिँदासम्म अल कायदाको कुनै प्रतिक्रिया आइसकेको छैन। यद्यपि अमेरिकाले ग्लोबल ट्राभल अलर्ट जारी गरिसकेको छ। आफ्ना नागरिकहरुलाई बाहिर जाँदा सतर्क रहन निर्देशन दिएको छ भने विदेशका सबै कुटनीतिक नियोगहरुमा उच्च सतर्कता अपनाउन भनिएको छ। यसले पनि देखाउँछ, अब अमेरिकीमाथि खतरा बढेको छ।
के लादेनको मृत्युले उनीहरुको आक्रमणमा कमि आउला त ? बीबीसीसित कुरा गर्दै एक वरिष्ठ अफगान आतंकवादविरोधी कार्यका अधिकारीको भनाई सुन्नुस्- यो (लादेनको मृत्यु) सन् २००४, २००५ वा २००६ मा भएको भए बढी महत्त्वपूर्ण हुन्थ्यो होला- अहिले त निकै ढिला भइसक्यो। अब त प्रत्येक सडकमा एक जना बिन लादेन छ।
आशा गरौँ त्यस्तो नहोस्। तर विज्ञहरु त्यस्तै खतरा औँल्याउँदैछन्। अहमद रसिदले बीबीसीलाई भनेका छन्- अल कायदाको अहिलेको नीति एक मान्छे एक बम छ। अमेरिका र युरोपका सबवे वा रेल स्टेसनहरुमा आत्मघाती आक्रमणको खतरा निकै बढी छ। विमान अपहरण, पश्चिमी सैन्य केन्द्रहरुमा बम आक्रमण र मध्यपूर्वका अमेरिकी दूतावासहरुमा पनि आक्रमण हुनसक्छन्। सुपरमार्केटमा भर्खरको जिहादीले बम राखेर पड्काउन पनि सक्छ।
नेपाल जस्तो देशले पनि यसमा सतर्कता अपनाउनु पर्ने देखिन्छ नै। किनभने एक पटक भारतीय विमान अपहरण गर्ने काम यस्तै जिहादीहरुले काठमाडौँको विमानस्थलमा नै छिरेर गरेका हुन्। अनि अमेरिकी दूतावासमा नै काम गर्ने एक सुरक्षाकर्मीको नाम जमिम शाह हत्याकान्डमा मुछिएको थियो। ‘सतर्कता’ अब विश्वको एजेन्डा हुनेछ। के होला, त्यो भने अबका केही दिनमा देखिने नै छ।

यसरी मारिए लादेन

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा छ अब्बोत्ताबाद। त्यहाँको बिलाल क्षेत्रमा एउटा घर थियो जहाँ धेरैअघिदेखि जासुसी संयन्त्रले चियो गरिरहेको थियो। तीन तला अग्लो र वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काँडेतार पनि लगाइएको थियो। त्यहाँ दुई सुरक्षा गेट थिए तर कुनै फोन र इन्टरनेट चलाइएको थिएन।
यही घरमा बसेका थिएन बिन लादेन आफ्नो परिवारसहित। ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाँडेको थिएन। अमेरिकी सरकार कै थोरै मान्छेलाई मात्र लादेनलक्षित आक्रमण हुन लागेको बारे थाहा थियो।
त्यहाँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्न आदेश दिए। चार वटा हेलिकप्टरले आकाशबाट साथ दिएको थियो भने कतिको समूह भनिएको छैन तर सानो अमेरिकी समूह घरभित्र छिरेको थियो। ४० मिनेट भिडन्त भयो। लादेनले प्रतिकार गरे। टाउकोमा गोली लागेपछि लादेन मारिए। लादेनसँगै उनका छोरा पनि मारिए। पाँच जना त्यहाँ मारिएको पाकिस्तानी अधिकारीले बताएका छन्। मारिएका मध्ये एक महिला छिन्। केहीलाई बन्दी बनाइएको छ। छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो। पछि त्यसलाई सुरक्षाको कारण जनाउँदै अमेरिकी सेनाले नै नष्ट गरिदियो।
केही समयमा नै लादेन मारिएको खबर मिडियामा आयो र त्यसलाई पुष्टि गरे अमेरिकी राष्ट्रपति ओबामाले राष्ट्रका नाममा सम्बोधन गर्दै यसरी-

लादेन कै लाश भनेर कसरी थाहा भयो त ?

लादेनको अन्त्येष्टि समुद्रमा इस्लामिक परम्परा अनुसार भइसकेको अमेरिकी अधिकारीले बताएका छन्। तर जो मारिएका थिए, त्यो लादेनै हो भनेर चाहिँ कसरी उनीहरुले थाहा पाए त ? उनीहरु भन्छन्- फेसियल इमेजिङ र अरु उपाय अपनाएर पत्ता लगाएका हौँ। डीएनए टेस्ट गरेको हो त ? सीएनएनका अनुसार राष्ट्रिय सुरक्षा अधिकारीले यसबारे पुष्टि गर्न चाहेनन्।
तर पाकिस्तानी मिडियाले पोस्टमार्टमपछिको शवको फोटो सार्वजनिक गरिसकेको छ। यो फोटोमा उनी बिन लादेनजस्तै त देखिएका छन्। फोटो तपाईँ हेर्नसक्नुहुन्छ, तर सावधान, यो फोटो डरलाग्दो छ। फोटो हेर्न क्लिक गर्नुस्
 
Rate This
Related posts:
  1. बुसमाथि जुत्ता बजार्ने पत्रकारलाई अब के गर्ने ?
  2. अब के हुन्छ?
  3. अब के गर्लान् परमानन्द झाले?
  4. अब के होला त?
  5. अब आज चाहिँ के होला त ?

BISHNU DEVKOTA: Osama bin Laden is dead

BISHNU DEVKOTA: Osama bin Laden is dead

Osama bin Laden is dead

 
THE ASSOCIATED PRESS
WASHINGTON, May 2: Osama bin Laden, the mastermind behind the Sept. 11 attacks against the United States, is dead, and the U.S. is in possession of his body, a person familiar with the situation said late Sunday.

President Barack Obama was expected to address the nation on the developments Sunday night.


Two senior counterterrorism officials confirmed that bin Laden was killed in Pakistan last week. One said bin Laden was killed in a ground operation, not by a Predator drone. Both said the operation was based on U.S. intelligence, and both said the U.S. is in possession of bin Laden´s body.

Officials long believed bin Laden, the most wanted man in the world, was hiding a mountainous region along the Pakistan-Afghanistan border.

The officials spoke on the condition of anonymity in order to speak ahead of the president.

The development comes just months before the tenth anniversary of the Sept. 11 attacks on the World Trade Centers and Pentagon, orchestrated by bin Laden´s al-Qaida organization, that killed more than 3,000 people.

The attacks set off a chain of events that led the United States into wars in Afghanistan, and then Iraq, and America´s entire intelligence apparatus was overhauled to counter the threat of more terror attacks at home.

Al-Qaida organization was also blamed for the 1998 bombings of two U.S. embassies in Africa that killed 231 people and the 2000 attack on the USS Cole that killed 17 American sailors in Yemen, as well as countless other plots, some successful and some foiled.

Popular Posts