Thursday, March 31, 2011

Laxmi Prasad Devkota


निराशाको बादल भित्र
आशै आशाको झील्को
सगाँल्दै पीडा ब्यथा
श्राप लक्ष्मीको
यात्रा साहित्यको
महाकवि तिमी नै हौ
यो साहित्यिक युगको ।
अब्यक्त छ देनर्
र्समपण र सङकल्प
दया, माया, प्रेम र विश्वासमा
काम र कर्तब्य
पीडै पीडाबाट
सुन्दर उपाहरहरु
पढिरहेछौ..........
हामी अनेक साहित्य र शब्द ।
पुत्र वियोग
बाडेर बस्त्र
छोडेर कालरात्रीको अस्त्र र्
धर्म हो मानवता
अभावै अभावमा
किंकर्तव्यताको मन्त्र ।
त्यागी सुख सयल
भएर मयलै मयल
उठायौं राष्ट्र र राष्ट्रीयता
साहित्यकार भै
देशभक्तिको पृथक यन्त्र ।
बिडम्बना आज
अविच्छिन्न आसौच बारदै छ राष्ट्र ।
गुहारदै छ कालापानी र सुस्ता ।
घट्यो वीर गोर्खालीको प्रतिष्ठा ।
गर्दैछु कपीलबस्तु यताउता ।
बुद्धको देशमा अशान्ति जतातता ।
छोपीदैछ यर्थाथता ।
लुटीए बस्त्रहरु,
चोरीए गहनाहरु,
आए हत्या आतंकहरु
बढेर लोभी पापीहरु ।
हाहाकार, चित्कार, ऐया, ऐया
जल्दैछन् जनताअरु
पर्खीरहेछन् कापी र कलमहरु ।
हे लक्ष्मी प्रसाद देवकोटा
आँउ तिमी नेपाली भै यता
खोज्दैछीन् त्रि्री माता ।
खड्कीरहेछ त्रि्रो आवश्यकता ।
खड्कीरहेछ त्रि्रो आवश्यकता 

No comments:

Post a Comment

Popular Posts