Tuesday, May 3, 2011

एउटा अन्तर्राष्ट्रिय आतङ्कवादीको कथा

एउटा अन्तर्राष्ट्रिय आतङ्कवादीको कथा

    (0 Votes)
    ज्यासन बुर्क र लरेन्स जोफ
    binladen
    शत्रुहरूका लागि उनी एकजना धार्मिक कट्टरपन्थी थिए, हजारांैको रगतले आफ्नो हात लत्पताएका आतङ्कवादी जसले व्यापक रूपमा इस्लामिक संसारमा युद्ध र पीडा ल्याए । उनैले योजना बनाएको २००१ सेप्टेम्बर ११ को आक्रमणलगत्तै बढेका उनका समर्थकहरूका लागि बिन लादेन मुस्लिमहरू विरुद्धको पश्चिमा थिचोमिचो विरुद्ध लड्ने एक दूरदर्शी थिए । दुवैका लागि ५४ को उमेरमा मारिइएका ओसामा विन लादेन दुर्लभ व्यक्तित्व मध्येका एक थिए, जसले इतिहासको बाटो बदलिदिए । उनको जिन्दगी अतिपना र विरोधाभाषहरूले भरिएको थियो । अत्यन्त घनाढ्य परिवारमा जन्मेका उनी तुलनात्मक रूमपमा गरिबीमा बाँचे । सिभिल इन्जिनियरिङ पढेका उनले धार्मिक गुरुको जिम्मेदारी लिए । प्रतिभाशाली यी प्रोपोगन्डाकर्तासँग लडाइँको कमै अनुभव थियो । उनले आफूलाई धर्मयुद्धकारीका रूपमा प्रस्तुत गरे । अहिलेको संसारमा न्याय ल्याउने उपायका रूपमा सातौं शताब्दीका मूल्य र सामाजिक मान्यतामा फर्किन आग्रह गर्ने उनले इस्लामिक कानुनको जडसूत्रवादमार्फत हजारौंलाई मार्न आधुनिक प्रविधिको प्रयोग गरे । पृथ्वीका सबैभन्दा कुख्यातमध्येका एक उनी वर्षौंसम्म लुकेरै बसे, उनका अनियमित सार्वजनिक उपस्थितिहरू इन्टरनेटमा राखिने भिडियोहरूमै सीमित रहे । आफ्नालागि केही कुराको वास्ता नगर्ने र सबै कुरा अरूका लागि त्याग्ने भनी आफूलाई चिनाउने उनी आफ्नो वंश र सन्तानबारे अत्यन्त सचेत थिए ।
    बिन लादेनको कथा यमनको दुर्गम, गरिब र अत्यन्य कट्टरपन्थी हाध्राम्वात जिल्लामा सुरु भयो, जहाँबाट उनका पिता मोहम्मद बिन अब्द बिन लादेन सन् १९३० मा पैसा कमाउन साउदी सहर जेद्धाका लागि निस्केका थिए । ५२ बच्चाहरूमध्येका १७ औं ओसामा सन् १९५७ मा जन्मेका थिए । त्यतिन्जेलसम्ममा उनका बाबु साउदी शासक परिवार अल-साउदसँग सम्बन्ध गाँसिसकेका अत्यन्त धनी निर्माण व्यवसायी भइसकेका थिए । शाही परिवारसँगको त्यो सम्बन्धले बाबु लादेनलाई रियादमा दरबारहरू र मदिनादेखि जेद्धासम्म राजमार्ग बनाउन आकर्षक ठेक्काहरू दिलायो । मक्कामा इस्लामको सबैभन्दा पावन मस्जिदको पुनर्निर्माण गर्न पाउनु उनीहरूको पारिवारिक कम्पनी बिन लादेन समूहका लागि सबैभन्दा ठूलो उपलब्धि थियो । ओसामाका बाबु साधा जीवन जिउने परिवारमूली थिए भने आमा सिरियाकी सुन्दर र शिक्षित महिला जसले बुर्काको साटो पश्चिमा महिलाहरूले लगाउने जस्ता सुटहरू रोजिन् । विदेशी र दसौं पत्नी भएकाले घरगृहस्थीमा उनको इज्जत कम थियो । साउदी अरेबियामा जन्मेका र जेद्धाको एउटा दरबारमा हुर्केका ओसामा सज्जन, मिलनसार, मिहेनती र सानैदेखि धार्मिक रूपमा हुर्के । ओसामा ११ का हुँदा उनका पिता हेलिकप्टर दुर्घटनामा परेर मरे ।
    उनका दाजुभाइले विदेशमा पढ्दा र प्रायः पार्टीहरू गर्दा अग्ला र अत्यन्त लजालु किशोर साउदी अरेबियामै बसे । १९७४ मा आफ्नी आमाकी दाजुकी १४ वर्षे छोरी नाज्वा घानेमसँग बिहे गरे र जेद्धाको किङ अब्दुल अजिज विश्वविद्यालयमा अर्थशास्त्र तथा व्यवस्थापन शंकायमा भर्ना भए । सन् ७० को अन्त्यतिरको अरब विश्वका विश्वविद्यालयहरू व्यापक वैचारिक संघर्षमा सामेल भए । इजिप्टमा वामपन्थीहरूले शारीरिक र वैचारिक रूपमा इस्लामी सिद्धान्तका बढ्दा समर्थकहरूसँग लडे । ती इस्लामी विचारहरू १०३० को दसकदेखि नै अरब विश्वमा व्याप्त थिए, तर १९६७ मा इजरायलविरुद्ध अरब सेनाहरूको असफलताले तिनलाई थप ऊर्जा मिलेको थियो । अधिराज्यभन्दा बाहिर बाह्हावाद भनी चिनिने कडा साउदी 'सलाफिस्ट' इस्लाम परम्परामा हुर्काइएका ओसामा विश्वविद्यालयमा चाहिँ नयाँ खाले राजनीति र प्रायः धर्मगुरु विरुद्धको धार्मिक सिद्धान्तसँग परिचित भए । ती दुईको फ्युजन, विशेषगरी करिस्मादार जोर्डनी प्यालेस्टाइन अब्दुल्ला अज्जामजस्ता वक्ताहरू, युवा ओसामाको सोच विकासको आधार बन्यो । बिन लादेन दिक्षित हुने वर्ष १९७९ इस्लामिक विश्वका लागि उथलपुथलयुक्त भयो । फेब्रुअरीमा आयातोल्ला खोमेनीले इरानमा इस्लामिक गणतन्त्र स्थापना गरे । नोभेम्बरमा विद्रोहीहरूले मक्कामा मस्जिदहरू कब्जा गर्दै वास्तविक इस्लामी शासनमा फर्किन माग गरे । अन्त्यमा सेनाले उनीहरूको कब्जाबाट मस्जिदहरूलाई छुटाएर विद्रोहीहरूका नेतालाई मार्दा बिन लादेन आन्दोलित भइसकेका थिए । त्यो सैन्य कारबाहीमा उनले इस्लामको सबैभन्दा पवित्र माटोमा गरिएको अत्याचार देखे । उनका लागि विद्रोहीहरू नायक र सहिद थिए । एक महिनापछि त्यो वर्षको तेस्रो निणर्ायक घटना भयो- सोभियत सेनाबाट अफ्गानिस्तानमाथि आक्रमण ।
    पछि उनले धाक लगाए पनि ओसामा तत्कालै अफ्गानिस्तानभन्दा २० माइल टाढाको पाकिस्तानी सहर पेसावर गएनन् । थुप्रै वर्षसम्म अफ्गानिस्तानको माक्र्सवादी सरकारविरुद्ध भूमिगत र खुला अभियानको केन्द्र बनेर पेसावरले शीतयुद्धको महत्त्वपूर्ण अग्रआधारभूमिको छवि बनाएको थियो । १९८१ को सुरुतिर आएर १९८६ मा निर्णयक रूपमा त्यहीं बस्नुअघि उनले केही वर्ष पेसावर र साउदी अरेबियाबीच केही यात्रा गरे । अन्य अन्तर्राष्ट्रिय लडाकुहरूकै जस्तो अफ्गानिस्तानमा सोभियतहरू विरुद्धको युद्धमा बिन लादेनको भूमिकालाई पनि अतिरञ्जिन गरिएको छ । उनको र उनीहरूको सैन्य योगदान नगन्य थियो । 'विदेशी लडाकुहरू' कहिल्यै केही हजारभन्दा बढी भएनन्, तीमध्ये पनि कतिले युद्ध देख्दै-देखेनन्, तर शरणार्थीहरू या घाइते अफ्गानी लडाकुहरूका लागि आश्रयस्थल चलाए । सात अफ्गानी मुजाहिद्दीन समूहहरूलाई मात्रै पाकिस्तानीहरूले अमेरिकी र साउदी सहयोग बाँडेका थिए, अरूलाई होइन । त्यस्तै अफ्गानीहरूलाई मात्रै प्रशिक्षण दिइएको थियो । पछि दाबी गरिए जस्तो बिन लादेनलाई अमेरिकी जासुसी संस्था सीआईएले सिर्जना गरेको होइन, सीआईएको उनीजस्ता मान्छेसँग सम्पर्कै थिएन ।
    १९८७ मा ३० वर्षका बिन लादेनले जाजी भनिने सानो अफ्गान बस्ती वरिपरिका डाँडामा भएको एउटा लडाइँमा भाग लिए । अफ्गानिस्तानबाट सोभियत शासन हटेको ६ महिनापछि पूर्वी अफ्गान सहर जलालावाद सरकारी सेनाबाट खोस्न गर्न गरिएको महँगो र दुर्भाग्यशाली युद्धमा बिन लादेन सहभागी भएको प्रत्यक्षदर्शीहरूले सम्झेका छन् । त्योभन्दा एक वर्षअघि बिन लादेन, अल-जवाहिरी र १४ अन्य सहयोगीहरूले पेसावर पश्चिमको एउटा बस्तीमा भाडामा लिइएको एउटा घरमा थुप्रै बैठकहरू गरेर अल-कायदा नामको संगठन खोलेका थिए । समूहको लक्ष्य, सांगठनिक स्वरूप र नेतृत्व संरचनाबारे छलफल गर्न घन्टौं बैठक भएका थिए । संस्थापकहरूले उनीहरूको समूहको नाम छान्दा खासै धेरै सोचेजस्तो देखिँदैन, तर त्यो सही र उपयोगी थियो । 'अल-कायदा' निकै नै प्रयोग गरिने अरेबिक शब्द थियो, यद्यपि सामान्यतः 'आधार'का रूपमा अनुदित भए पनि शब्दका अन्य अर्थहरू पनि छन् । यो विविधता र लचकता, जुन आफैंमा त्यतिबेलाका लडाकु समूहहरूले प्रयोग गर्ने नामहरूभन्दा फरक धारको थियो, पछिल्ला वर्षहरूमा महत्त्वपूर्ण सावित भयो ।
    आफूलाई अन्तर्राष्ट्रियवादी मान्ने अल-कायद त्यतिबेला इस्लामिक विश्वमा सक्रिय अन्य थुप्रै लडाकु समूहहरूभन्दा भिन्न भयो । त्यसका संस्थापकहरूको लक्ष्य सोभियतहरू विरुद्ध लडिरहेका फरक लडाकु समूहहरूलाई एकत्रित पारेर नयाँ लक्ष्यविरुद्ध निसाना साध्न लगाउनु थियो । अल-कायदाको अभियानले मुख्यतः दुई रूप लियो- अफ्गानिस्तानकै जस्तो गुरिल्ला युद्ध र हिंसामा आउन गरिएको आह्वानलाई बेवास्ता गर्नेहरूलाई उत्तेजित पार्ने शानदार र हिंस्रक कार्यहरू शृङखलाबद्ध ढंगमा गर्ने ताकि तिनले मुस्लिमहरूका लागि नयाँ युग आएको संकेत गर्ने जनआन्दोलनहरूको सिर्जना गरुन् । दुवै रणनीतिले एकअर्कालाई सहयोग गरे ।
    अफ्गानिस्तानबाट सोभियतहरू हटेपछि र परस्पर संघर्षरत समूहहरू बीचको द्वन्द्व झन् खराब भएपछि लादेन साउदी अरेबिया फर्किए । नायकका रूपमा सम्मान गरिने आशा गरेका लादेन अधिराज्यका अधिकारीहरूबाट चिसो स्वागत पाएपछि फर्किएका मुजाहिद्दीनजस्तै स्तव्ध भए । बढ्दो रूपमा उनी आलोचक हुँदै थिए, तर त्यतिन्जेलसम्ममा उनी आफ्नै भूमिका शासकहरू विरुद्ध पूर्णरूपमा गइसकेका थिएनन् । अगस्ट १९९० मा इराकले कुवेत कब्जा गरेपछि र साउदी सुरक्षामा आँच पुर्‍याएपछि लादेनले 'भगवानविहीन' सद्दामविरुद्ध लड्न अरब र अफ्गान लडाकुहरूको एउटा समूह खोल्ने प्रस्ताव गरे । उनको प्रस्ताव अस्वीकृत भयो र साउदी शासक सल-साउदहरूले बरु अमेरिकाको सहयोग पो मागे ।
    जनवरी १९९१ सम्ममा करिब तीन लाख विदेशी सेनाहरू साउदी भूमिमा जम्मा भइसकेका थिए । बिन लादेनले अमेरिकीहरूलाई 'पवित्र अरब माटोलाई अपवित्र' तुल्याएको आरोप लगाउँदै अरेबियामा दुई धर्महरूलाई छिर्नै दिन नहुने कुरानका हरफहरू उल्लेख गरे । अमेरिकी सेना निम्त्याउने सरकारी निर्णयलाई स्वीकृति दिएकोमा उनले साउदी उच्च धर्मगुरु र अन्य वरिष्ठ धार्मिक नेताहरूको पनि आलोचना गरे । घरमै नजरबन्द गरिएका बेला उनी साउदी अरेबियाबाट भाग्न सफल भए । उनी सुडानको राजधानी खार्तुम पुगे, जहाँ इस्लामी चिन्तक हस्सन तुराबी केही समय अघिमात्र सत्तामा पुगेका थिए र विभिन्न इस्लामिक समूहहरूलाई सुरक्षा र सुविधाहरू उपलब्ध गराइरहेका थिए । त्यसपछिका पाँच वर्ष बिन लादेनले अल-कायदाका योजनाहरूलाई अघि बढाउन प्रयास गरे । यमनका लडाकुहरूसँग सम्पर्क स्थापना गरे र १९९२ मा त्यहाँ भएको विस्फोटमा उनको नाम जोडियो । १९९३ मा सोमालियामा भएको दुर्भाग्यशाली अन्तर्राष्ट्रिय हस्तक्षेपविरुद्ध पर्यवेक्षकहरू, लडाकु होइन, पठाए । अन्य समूहहरूसँग सम्पर्क गर्ने उनका थुप्रै प्रयास र बाल्कन लगायतका क्षेत्रमा भएका उनका प्रयास विफल भए । बिन लादेनले बाटो बिराएको जस्तो धेरैलाई महसुस हुनथाल्यो ।
    तर अमेरिकी सुरक्षा एजेन्सीहरूको र्‍याडरमै थिए- लादेन, यद्यपि उनको नामको हिज्जे प्रायः गल्ती लेखिन्थ्यो र उनलाई 'लगानीकर्ता'का रूपमा वर्णन गरिन्थ्यो । १९९४ मा साउदी सरकारले लादेनको नागरिकता रद्द गर्‍यो र उनको परिवारले पनि उनलाई त्याग्यो । १९९६ मा सुडानले पनि अमेरिकी दबाबमा आफ्नो विरोधाभाषपूर्ण पाहुनालाई देशबाट निकाल्यो ।
    लादेन जलालवाद गए, जहाँ तालिवान विरोधी अफ्गानी युद्धसरदारहरूले उनलाई संरक्षण दिने भए । त्यसपछिका वर्षहरूमा चाहिँ अल-कायदा साँच्चैको 'आधार' भयो, स्थापनाकालमा कल्पना
    गरिए जस्तो । बिन लादेनले अनुभवी सहकर्मीहरू पाए- अल-जवाहिरीसँग मिलेर प्रशिक्षण शिविरहरू खोले जहाँ स्वयम्सेवीहरूको समूह तयार गरियो । तर अल्जेरिया, इन्डोनेसिया, चेच्निया, उज्वेकिस्तानका थुप्रै लडाकु समूहहरूसँग साझेदारी गर्न अल-कायदाले गरेको प्रयास सफल भएन । यसैबीच बिन लादेनले केही छानिएका पत्रकारलाई अन्तर्वार्ता दिएर भूउपग्रहीय टीभीमार्फत धेरै मानिसहरूसम्म पुग्ने नीति लिए । उनले आफ्नै 'फत्वा' या धार्मिक विचारहरू सार्वजनिक गर्न थाले । १९९८ मा बंगलादेश, इजिप्ट, पाकिस्तानका चार समूहहरूसँग मिलेर अल-कायदाले यहुदी र अन्य धर्मयुद्धकारीहरू विरुद्धको लडाइँ गर्ने भन्दै एउटा विश्व मञ्च गठन गरे । आफ्नो प्रोपोगान्डालाई काममा बदल्दै लादेनले १९९८ अगष्टमा नाइरोवी र दार ए सलामस्थित अमेरिकी दूतावासहरूमा बम आक्रमण आयोजना गरे ।
    तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले प्रत्युत्यरमा सुडान र अफ्गानिस्तानमा रहेका लादेनका थुप्रै भवन र प्रशिक्षण बिविरमा क्रुज मिसाइल प्रहार गरे । थुप्रै पाकिस्तानी र अल्जेरिन मित्रहरू मरे, तर लादेन आफैंचाहिँ सकुशल उम्किए । १९९९ मा अमेरिकाले तालिवानविरुद्ध जुलाई १९९९ मा नाकाबन्दी लगायो ।
    बिन लादेनलाई सबैभन्दा बढी कुख्यात बनाउने २००१ सेप्टेम्बर ११ को न्युयोर्क र वासिङ्टन डीसीमा भएका आतङ्कारी घटनाचाहिँ उनका आफ्नै योजना थिएनन् । ती योजना खालेद शेख मोहम्मदका मनमा उब्जिएका थिए । बिन लादेन अफ्गानिस्तान पुग्ने बित्तिकै उनलाई भेट्न कुवेतमा जन्मेका पाकिस्तानी अनुभवी र कुशल लडाकु शेख गएका थिए । दर्जनौं विमानहरूलाई अपहरण गरेर तिनलाई अमेरिकी निसानाहरूमा बजार्ने शेखको महत्त्वाकांक्षी योजनालाई सुरुमा बिन लादेनले अस्वीकार गरिदिएका थिए । तर १९९९ मा अल-कायदाका वरिष्ठ नेताहरूको बैठकमा ती योजनालाई ब्युँताएर, सुधारेर लागू गर्ने निर्णय गरियो । त्यो योजनाका विरोधीहरूले त्यस्तो गरे अमेरिकाले भयंकर ठूलो प्रतिक्रिया दिने डर व्यक्त गरेका थिए । तर अमेरिका डरछेरुवाहरूको कुहिँदो देश हो भन्ने टुंगोमा पुगेका लादेनले योजना लागू गर्ने निर्णयलाई अघि बढाए । थुप्रै प्रशिक्षण शिविरबाट उक्त कार्यका लागि स्वयम्सेवकहरू छानिने निर्णय भयो ।
    यतिन्जेलसम्म सीआईएले बिन लादेन शाखा नै खोलिसकेको थियो र उनलाई जिउँदै या मरेको फेला पारेर बुझाउनेलाई ५० लाख डलरको पुरस्कार घोषणा गरेको थियो । तर लादेनलाई लक्ष्य गर्नु एकदमै अप्ठेरो भयो । अमेरिकी सुरक्षा एजेन्सीहरू आफैं झगडा गरिरहेका थिए । सीआईए या नागरिक संस्थाहरूले बनाएको योजनालाई अमेरिकी सेनाले शंका गथ्र्यो । उता लादेनको तालिवानसँगको सम्बन्ध पनि जटिल बन्यो, दुवै एकअर्कालाई शंका गर्थे । तर तालिवानी नेता मुल्लाह मोहम्मद ओमारमा अन्तर्राष्ट्रियवादी विचार घुसाउन लादेन सफल भएका थिए । सुरुमा सुरक्षा दिने युद्धसरदारलाई तालिवानले लखेटेपछि बिन लादेन काबुर र कान्धाहारबीच ओहोरदोहोर गर्नथाले भने जलालावाद दक्षिणका तोराबोरा पहाड नजिकै आधारभूमि बनाए ।
    ११ सेप्टेम्बरमै चाहिँ लादेन लोगार प्रदेशका पूर्वी पहाडहरूमा थिए- लगभग त्यही क्ष्ाेत्रमा जहाँ उनी १५ वर्षअघि युद्ध लडेका थिए । सर्टवेभ रेडियोबाट उनले अमेरिकामा आफ्नो योजना सफल भएको समाचार सुने । एकैपटक जस्तो अपहरण गरिएका चार विमानहरूको संयोजन, आतङ्ककारीहरू आएको स्थान र उनीहरूको 'वीरगति', निसानाहरूको छनोट आदि सबै कुराले एउटै समूहतिर औंल्यायो- अल-कायदा । त्यो आक्रमण हुनुभन्दा केही महिनाअघि अस्पष्ट भाषमा अमेरिकी जासुसी संयन्त्रामा त्यस्तै आक्रमण हुनसक्ने बारे अनुमान गरिएको थियो ।
    आक्रमणको केही घन्टामै तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले त्यसको दोष लादेनलाई लगाउँदै उनको दृष्टिमा आतङ्ककारीलाई संरक्षण दिने देशविरुद्ध सैन्य कारबाहीको तयारी गरेर अमेरिकालाई सुरक्ष्ाित बनाउने अभियान थाले, जो पछि 'आतङ्कविरुद्धको विश्वव्यापी युद्ध' का रूपमा चिनियो । लादेनलाई देशनिकाला गर्न तालिवानलाई अमेरिकाले अल्टिमेटम दियो, जो तालिवानले आक्रमणमा आफ्नो सहभागिता नरहेको भन्दै अस्वीकृत गरिदियो । लगत्तै अमेरिकाले अफ्गानिस्तानमा बम आक्रमण थाल्यो, जसलाई तालिवानविरोधी समूहले साथ दिए । तालिवान सत्ता ढल्यो, नोभेम्बरमा काबुल मुक्त हुँदा काबुलवासीले पहिलोपटक अमेरिकी र बेलायती 'विदेशी' विरुद्ध होइन, पाकिस्तानी, चेचन र अरबहरूविरुद्ध असन्तोष व्यक्त गरे ।
    थुप्रै अल-कायदा नेताहरू मारिए र उनीहरूको पूर्वाधार नष्ट भए पनि लादेन उम्किए, अफ्गानिस्तानमा अमेरिकी कारबाही पूर्ण भएन । अर्धस्वशासित र समस्याग्रस्त पाकिस्तानी जनजाति क्षेत्रहरूमा लादेनले बास पाए । त्यहाँबाट उनी र उनका सहयोगीले गुमेका पूर्वाधार र सम्पर्क पुनर्निर्माण गर्ने प्रयास गरे । २००५ र ०६ मा उनका ती प्रयासले केही सफलता पाउनलागे जस्तो देखियो, तर व्यापक रूपमा मुस्मिल विश्वमा आफ्नो समर्थन सिर्जना गर्न लादेन र कायदा असफल भए । हालैका केही वर्षमा अरब विश्वमा हिंसात्सक धर्मयुद्धभन्दा अहिंसात्मक जनआन्दोलनप्रति जनता बढी आकषिर्त भए, जसलाई लादेन र अल-कायदाको नीतिलाई अस्वीकार गरिएको रूपमा लिन सकिन्छ । ओसामा बिन लादेनका चार पत्नी र १९ बच्चाहरू छन् । आतङ्कवादी ओसामा बिन लादेनको जन्म १० मार्च १९५७ मा भएको थियो । उनी १ मे २०११ मा मरे ।
    दी गार्जियनबाट

    No comments:

    Post a Comment

    Popular Posts