Friday, April 1, 2011

नेपाली चेलीबारे अमेरिकी उपन्यास


नेपाली चेलीबारे अमेरिकी उपन्यास


 --lai0f' b]jsf]6f
काठमाडौं- वेश्यालयमा के हुँदैछ भन्ने बुझ्न सबैले यो किताब पढ्नुपर्छ,’ विश्वको प्रमुख पुस्तक विक्रेता वेबसाइट अम्याजन डट कममा एक किशोरीले लेखेकी छिन्- धेरै बालबालिकाका लागि पराइ लाग्ने विषय समेटेको भए पनि यो आँखा खुलाउने खालको छ र पढ्नबाट नानीहरूलाई रोक्नु हुँदैन ।
बेचिएकी एउटी नेपाली किशोरीको कथामा आधारित उपन्यास सोल्डको समीक्षा हो त्यो । चार महिनाअघि प्रकाशित पुस्तकमा अमेरिकी लेखिका प्याट्रिसिया मक्कोर्मिक (तस्बिरमा)ले आफ्ना सौतेला बाबुबाट भारतको कोलकाताको वेश्यालय पुर्‍याइएकी लक्ष्मीको कथा उतारेकी छन् । प्याट्रिसियाले त्यो लेख्नुअघि नेपाल आएर महिला बेचबिखनबारे अनुसन्धान गरेकी थिइन् ।
भेष बदलेर वेश्यालयका गतिविधि क्यामेरामा कैद गरिरहेका एक फोटोग्राफरसँगको पाँच वर्षअघिको जम्काभेटपछि प्याट्रिसियाले एक जना केटीको दृष्टिकोणबाट त्यो हृदयविदारक कथा भन्ने निर्णय गरेकी थिइन् । ‘(अमेरिकी) युवाले अन्ततिरका उनीहरूकै समवयीहरूलाई के भइरहेछ भन्ने थाहा पाउनुपर्छ,’ न्युयोर्क टाइम्स र रिडर्स डाइजेस्टमा लेख्ने पत्रकार प्याट्रिसियाले एउटा अन्तर्वार्तामा भनेकी छन्- गत वर्ष महिला बेचबिखनबारे मिडियामा केही रिपोर्ट आए तर तिनमा गहिरो चित्रण थिएन । मेरा लागि एउटा पुस्तकजति शक्तिशाली र स्थायी प्रभाव अरू केहीको हुँदैन ।
न्युयोर्कमा पति, छोरा र दुई बिरालासँग बस्ने आफ्नो वेबसाइटमा उल्लेख गरेकी प्याट्रिसिया सम्भवतः अमेरिकामा नेपाली समस्या चिनाउने अभियानमा सफलोन्मुख छन् । केही साताअघि नेसनल बुक अवार्डसको अन्तिम सूचीमा मनोनीत भएको पुस्तक अहिलले निकै चर्चित भएको छ । लक्ष्मी बेचिएको कोलकाते वेश्यालय (ह्याप्पिनेस हाउस) मसला, खाने तेल, अत्तर र चुरोटको धूवाँमा रुमल्लिएजस्तै प्याट्रिसियाको उपन्यासले पनि थुप्रै बासना बोकेको छ,’ टाइम म्यागेजिनले यसपालि लेखेको छ- कुनै प्रेमयुक्त छन् त कुनै हृदयविदारक । उपन्यास पाठकहरूले समय खर्चिनयोग्य छ ।
अनि अम्याजन डट कमको समीक्षा पृष्ठमा ती किशोरी लेख्छिन्- पुस्तक पढेपछि लक्ष्मी (१३ वर्षे) लाई के भयो होला भन्ने कल्पनाले मेरो मथिंगल उडाइदियो र म चिच्याएँ । किताबले मलाई बदल्यो र मेरो उमेर पनि लक्ष्मीकै जस्तो छ ।
आख्यान भए पनि आफ्नो पुस्तकलाई आधिकारिक तुल्याउन वास्तविक घटना अनुसन्धान गर्ने प्याट्रिसियाको बानी हो । सोल्डकी मुख्य पात्र लक्ष्मीलाई पछ्याउँदै को लकाताको रेडलाइट क्षेत्र पुग्नुअघि काठमाडौंमा रहँदा प्याट्रिसियाले चेलिबेटी बेच्ने अपराधीहरूलाई जेलभित्र अन्तर्वार्ता गरेकी थिइन् । अनुसन्धानका क्रममा निराश हुनबाट आफैंलाई बचाउनु चुनौती भयो,’ निजी वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा उनले भनेकी छन्- वेश्यालयमा केटीहरूले भोगेको पीडा कस्तो थियो भने अमेरिका फर्केका कयौं दिनसम्म म निराश भइरहें । ती केटीहरूको कथालाई न्याय गर्न सक्दिनँ कि भन्ने सोच्थें । वेश्यालयका केटीहरू बिरामी या मरेपछि नयाँ केटी त्यहाँ पुर्‍याइन्छ भन्ने सोच्दा जतिसक्दो चाँडो उनीहरूको कथा विश्वसामु पुर्‍याउने आवश्यकता महसुस गरें । अनि किताब लेख्न थालें ।
उनले बेचबिखन रोक्न आफ्नोतर्फबाट योगदान पुर्‍याउन पाठकसँग आह्वान पनि गरेकी छन् । स्कुलमा समूह बनाउनुस्, बेचबिखनबारे फिल्म देखाउनुस्, पैसा उठाउनुस्,’ अर्को अन्तर्वार्तामा लेखिकाले भनेकी छन्- बेचबिखन हुने देशहरूको जीवनस्तर निम्न छ र तपाईंहरूको एक साताको खर्चले वेश्यालयमा रहेका केटीहरूको ठूलै आवश्यकता पूर्ति गर्न सक्छ ।
पुस्तक एउटा दृश्य एकपटकवर्णन गर्ने कवितात्मक शैलीमा मुख्य पात्र लक्ष्मीको दृष्टिकोणबाट लेखिएको छ । एउटा दृश्यलाई हिसाबकिताबनाम दिइएको छ, जसमा लक्ष्मी वेश्यालयमा आम्दानीको हिसाबकिताब गर्दै आफू फुत्किने सपना साँचिरहेकी हुन्छिन् । बिछ्यौनामुनि लुकाएको नोटबुकमा उनले गरेको गणितप्रति संगीनी साहन्ना आशावादी छैनन् । आम्दानी कति न्यून छ भने खान्की, बिछ्यौना र गर्भ रोक्ने सुईका लागि तिरेपछि बाँकी केही रहँदैन ।
यो हिसाबकिताबदेखि भने वेश्यालयकी बाई मुम्ताजले तँलाई जिउँदै गाड्छे,’ साहन्नाले उनलाई सतर्क तुल्याउँछिन् । फेरि केहीछिन जोडघटाउ गरेपछि लक्ष्मी आफैंसँग भन्छिन्- म अहिल्यै जिउँदै गाडिइसकेकी छु ।

No comments:

Post a Comment

Popular Posts